आम हड्ताल सफल बनाउन प्रचण्ड सहित शिर्ष नेता सडकमा



प्रतिनिधिसभा विघटन बिरुद्द आन्दोलनमा रहेको नेकपा प्रचन्ड – नेपाल समुहले गरेको नेपाल बन्दका क्रममा प्रचन्ड सहित शिर्श नेताअ समेत सडकमा निस्किएका छन ।

अध्यक्ष प्रचन्ड सातदोबाटोमा उपस्थित् भएका थिए । बन्द सफल पार्नको लागि उक्त समूहका नेता तथा कार्यकर्ताहरु आज विहानै सडकमा जुलुशसहित उत्रिएका छन् ।

हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व गरिरहेका छन् भने कलंकीको सडकमा निस्किएकी नेतृ अष्टलक्ष्मी शाक्यलाई भने बिहानै प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।

संवैधानिक आयोगका पदाधिकारीहरुलाई असंवैधानिक रुपमा सपथ खुवाईएकोले बन्द गर्नुपरेको (नेकपा) दाहाल-नेपाल समूहले बताउदै आएको छ ।

प्रकाशित मिति : माघ २२, २०७७ बिहिबार  ४ : ५४ बजे