नेकपा प्रचण्ड-नेपाल समूहका प्रदर्शनकारी र प्रहरीबिच जनकपुरधाममा झडप भएको छ ।
झडपमा परी दुई पूर्वमन्त्री घाइते भएका छन्।
पूर्वमन्त्री रामचन्द्र झा र मातृका यादव घाइते भएका हुन्।
झड्पका क्रममा प्रहरीले केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको छ ।
प्रदर्शनकारीले भ्यानमा तोडफोड गर्न थालेपछि धनुषा प्रहरीले हवाई फायर गरेको हो ।
बिहीबार जनकपुरधामका पसल बजारहरू बन्द गराउँदै हिँडेका प्रदर्शनकारीहरू जानकी चोकबाट जनक चोक हुँदै शिव चोक पुगेपछि विपरीत दिसाबाट आइरहेको एक सानो भ्यानमा तोडफोड गर्न थालेका थिए ।
सो क्रममा प्रहरीले दर्जनौँ राउन्ड हवाई फायर गरेको हो।








