तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति देउबालाई कांग्रेस वरिष्ठ नेता पौडेलको आग्रह



कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो समय बिकसित भएका राजनितिक घटनाक्रमहरुको बारेमा छलफल गरेर निर्णय लिन तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी गराउदै नेता पौडेलले तत्काल केन्द्रीय समिति बैठक बोलाउन सभापति शेरबहादुर देउवालाई आफुले आग्रह गरेको बताएका हुन ।

उनले देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेको र संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायकामा असंवैधानिक नियुक्ति हुनु त्यसैको कडी भएको पनि बताएका छन ।

देश यस्तो अवस्थामा रहदा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न जरुरी रहेको र त्यसका लागी तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउनुपर्ने पौडेलको धारणा छ ।

पौडेलले थप भनेका छन “मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु ।”

 

प्रकाशित मिति : माघ २२, २०७७ बिहिबार  ९ : ४५ बजे