संवैधानिक आयोगमा भएको नियुक्ति बदरको माग गर्दै सभामुख सापकोटाले गरे रिट दायर



विघटित प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सर्बोच्च अदालतमा रिट दायर गरेका छन् ।

सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर रिट निवेदन दर्ता गराएका हुन्।

सापकोटासहित विभाजित नेकपाका शशी श्रेष्ठ, रामकुमारी झाँक्री, अमृता थापालगायतका विघटित प्रतिनिधिसभाका सदस्यहरु पनि शपथग्रहण र नियुक्ति बदर गर्न माग गर्दै अदालत पुगेका थिए ।

सभामुख सापकोटाले यसअघि प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गर्दै आएका छन् ।

यसैबीच रिट दायरपछि सापकोटाले शुक्रबार मध्यान्न पत्रकारहरुसँग भेटघाट कार्यक्रम तय गरेको सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

भेटघाटका क्रममा सापकोटाले समसामयिक विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ ।

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार  ७ : २७ बजे