सर्वोच्चद्वारा संवैधानिक अंगमा नियुक्ति गर्नुको कारण देखाऊन आदेश



सर्वोच्च अदालतले सर्वोच्च अदालतले संवैधानिक अंगमा नियुक्ति र शपथग्रहण गराउनुको कारण देखाऊना बिपक्षिका नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश लगायतलाई विपक्षी बनाउदै दायर गरेको रिटमा सर्बोच्च अदालतलेकारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भएको थियो । इजलासले सरकारलाई १५ दिनभित्र लिखित जवाफ दिन निर्देशन दिएको हो ।

वरिष्ठ अधिवक्ता डा . दिनेश त्रिपाठीले गत मङ्गलवार संविधानको प्रतिकुल हुने गरी सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्को बैठक बसी विभिन्न संवैधानिक आयोगमा नियुक्तिका लागि गरिएको सिफारिस असंवैधानिक भएको दाबीसहित नियुक्ति बदर गर्न र उनीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै रिट दायर गरेका थिए ।

प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार  १० : २३ बजे