आज सुशील कोइरालाको छैंटौं स्मृति दिवस बिभिन्न कार्यक्रमहरु गरी मनाइदै



पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति सुशील कोइरालाको छैंटौं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।कोइरालाको ७७ वर्षको उमेरमा गत वर्ष आजकै दिन अर्थात माघ २६ गते राती निधन भएको थियो।

सादा जीवनशैली र सदाचारयुक्त  राजनितिक जिबनले कोइरालालाई समकालिन अन्य नेताहरु भन्दा छुट्टै उचाइ प्रदान गरेको थियो। नेपाली राजनीतिमा निष्ठानवान् र सादगी नेताको रुपमा चिनिएका कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस र आबद्ध संघ संस्थाहरुले विभिन्न कार्यक्रम गर्दैछन् ।संविधानसभाबाट संविधान निर्माण गर्नका लागि कोइरालाले अगुवाई गरेका थिए । विभिन्न बाधा र अवरोध भएको अवस्थामा समेत कोइरालाको नेतृत्वको संविधानसभाबाट संविधान जारी भएको थियो ।

कोइरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले केन्द्रीय कार्यालय सानेपामा उनको तस्वीरमा माल्याणपर्ण गर्ने कार्यक्रम रहेको छ ।तेस्तै कोइरालाको स्मृतिमा आज देशैभरी बिभिन्नक कार्यक्रमहौ आयोजना गर्तिदै छ ।

प्रकाशित मिति : माघ २६, २०७७ सोमबार  ४ : १८ बजे