गृहमन्त्रीलाई नेविसंघको ज्ञापनपत्र



गृहमन्त्री रामबहादुर थापा बादलले कक्षा १२ मा अध्ययनरत १७ वर्षीया भागरथी भट्टका बलात्कारी र हत्याराको नजिक पुगेको बताएका छन् ।

मंगलबार बिहान नेपाल विद्यार्थी संघको ज्ञापन पत्र बुझ्दै उनले भागरथीका हत्याराको दोषी नजिक पुगेको बताएका हुन् ।

अध्यक्ष राजिब ढुङ्गानाको नेतृत्वमा गृहमन्त्रीको सरकारी निवास पुल्चोकमा पुगेर नेविसंघले ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले राज्यको अनुसन्धान र प्रशासनिक निकाय पूर्णरुपले बैतडीमा केन्द्रित रहेकाले दोषी नजिक पुगेको दाबी गरेका हुन् ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ६ : ०७ बजे