प्रधानमन्त्री ओली निर्बाचन आयोगमा



प्रधानमन्त्री केपी शर्मा ओली निर्बाचन आयोग पुगेका छन ।

निर्बाचनको तयारी र नेकपा भित्रको विवादका बारेमा छलफल गर्न ओलि निर्बाचन आयोग पुगेका हुन ।

गत माघ १६ गते नेकपाका दुवै पक्षलाई आयोगले बोलाएको थियो ।

आयोगले बोलाएपछि प्रचण्ड–माधव नेपाल पक्ष आयोग कार्यालय पुगेर आधिकारिकता दाबी गरेका थिए ।

तर, प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।

११ बजे आयोग पुग्ने भनिएपनि झण्डै एक घण्टा ढिलोगरी ११ः५५ बजेमात्रै प्रधानमन्त्री ओली आयोग कार्यालय पुगेका हुन् ।

प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार  ६ : ५५ बजे