नेकपाको दाहाल-नेपाल समूहले आज काठमाडौँमा सभा गर्दैछ ।प्रतिनिधिसभा विघटन विरुद्धमा आन्दोलनरत दाहाल–नेपाल समूहले आज काठ्माण्डौको भृकुटिमण्डपमा आमसभा गर्न लागेको हो ।दाहाल–नेपाल समूहले यसअघि गत ९ गते पनि काठमाडौंमा प्रदर्शन गरेको थियो भने २२ गते देशव्यापी आमहड्ताल गरेको थियो ।
दिउँसो १२ बजे विरोधसभा गर्नुअघि ललितपुरको पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निकाल्ने नेकपाले जनाएको छ । हरेक जुलुसको नेतृत्व शीर्ष नेताहरुले गर्ने छन् । यस्तै विरोधसभाअघिको प्रमुख जुलुस सुनधाराबाट सुरु हुनेछ र सबै एकसाथ भृकुटीमण्डप गएर सभामा परिणत हुनेछ । एकीकृत जुलुसको नेतृत्व अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले गर्ने जनाइएको छ








