प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले आज (बुधबार) विरोध सभा आयोजना गर्न लागेका कारण काठमाडौं उपत्यकको यातायात बिहानैदेखि प्रभावित भएको छ।
अहिले राजधानीका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसका कारण राजधानीको ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ। महानगरीय ट्राफिक प्रहरीका अनुसार ठूला सवारी साधानलाई चक्रपथमा नै रोकिएको र साना सवारी साधनलाई पनि रत्नपार्कबाहेक अन्यत्र डाइभर्ट गरिएको जनाएको छ।
सवारी साधन प्रभावित हुदा सर्बसधरण मर्कामा परेका छन्। ठूला गाडीलाई चक्रपथभित्र प्रवेशमा रोक लगाइए पछि अफिस आउने र आवस्यक परेर बाहिर हिड्ने हरुको बाटोमा लामा लस्कर देखिन्छ।
यसैबिच पटक- पटकका शक्ती प्रदर्शनका क्रममा ट्राफिक समस्या भोगेका सर्बसाधारणले समाजिक सञ्जालमा तिब्र असन्तुष्टी पोखेका छन ।
सामाजिक सञ्जालमा नेकपाका दुबै समुह बिरुद्द चर्को असन्टुष्टी देखिएको छ ।
तपाईंहरु दुवै समुहको शक्ति त देखियो बारम्बार देखाउन पर्दैन, जनता कति निरीह भएका छन् भनेर चाहि देख्नु भयो कि भएन हजुर?
— Sama Thapa (@samathapa) February 10, 2021










