नेकपा बिप्लब सहितका चार पार्टीले आज संघर्षका कार्यक्रम सार्वजनिक गर्दै



प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपासहितका चार साना कम्युनिस्ट पार्टीहरुले आज संघर्षका कार्यक्रम घोषणा गर्दै छन् ।

मोर्चाले आज मध्याह्न काठमाडौंको कमलादीमा घोषणासभा गरी संघर्षका कार्यक्रम सार्वजनिक गर्ने नेकपा क्रान्तिकारी माओवादीका प्रवक्ता हरिभक्त कँडेल ‘प्रतीक’ले जानकारी दिए

मोर्चामा नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी आबद्द छन ।

सरकारले विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएको छ । प्रहरीले पक्राउ गर्न सक्ने भएकाले विप्लव वा उनका पार्टीका कुनै नेता कार्यक्रममा उपस्थित नहुने बताइएको छ ।

प्रकाशित मिति : माघ २९, २०७७ बिहिबार  ४ : ३४ बजे