नेकपा प्रचण्ड-नेपाल समूहकी केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राऊ परेकी छिन् । उनलाईउ प्रहरीले शंखमूलस्थित घरबाटै पक्राऊ गरेको हो ।
उनलाई राज्यविरुद्धको कसूरको अभियोगमा पक्राउ पूर्जी जारी गरी प्रहरीले नियन्त्रणमा लिएको हो ।
झाँक्रीलाई पक्राऊ गर्न सादा पोशाकको प्रहरी विहान देखि नै उनको घरबाहिर पुगेको थियो । प्रहरीले उनलाई बाहिर आउन भनेपनि मानेकी थिइनन् ।
ठुलो संख्यामा प्रहरी परिचालन गरेर झाँक्रीलाई पक्राऊ गरिएको थियो । उनका समर्थकहरु नारावाजी गर्दै घरबाहिर पुगेका थिए । त्यस क्रममा स्थिति तनावग्रस्त भएको थियो ।
पक्राउ अघी झाकृले आफ्ना समर्थकहाँरुलाई सम्बोधन गर्दै आफूले सार्वजनिक रुपमा राखेका अभिव्यक्तिकै आधारमा सरकारले पक्राउ पुर्जी जारी गरेको भन्दै ‘अभिव्यक्ति स्वतन्त्रतामाथिको अंकुश’ लागेको बताएकी छन्
।झाँक्रीले आफू कानुन मान्ने इमान्दार नागरिक भएकाले गिरफ्तारी दिने बताएकी छिन । सम्बोधनपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएर गएको छ ।
झाँक्री आक्रामक अभिव्यक्तिका कारण चर्चामा छिन् । उनीमाथि राष्ट्रपति विद्यादेवी भण्डारीको मानमर्दन हुने गरी बोलेको आरोप छ ।








