पक्राउ परे लगत्तै नेकपा नेपाल–प्रचण्ड समुहकी नेतृ रामकुमारी झाँक्रीले यो अन्तिम लडाई भएका कारण सबैलाई धैर्य गर्न आग्रह गरेकी छिन ।
आफु प्रहरीको अपराध अनुसन्धान बिभाग मिनभबनमा रहेको जानकारी गराउदै नेतृ झाँक्रीले सामाजिक संञ्जाल ट्विटरमार्फत राज्य बिरुद्धका कसुर अन्तरगत सबिधानको धारा ५८ अनुसार पक्राउपूर्जी जारी गरि गिरफ्तार गरिएको पनि जानकारी गराएकी छन ।
उनले भनेकी छिन “सबै साथिहरूले धैर्य गर्नुहोला ।यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।”
मुलुकी (अपराध) संहिताको राज्यविरूद्धको कसुरको दफा ५८ अनुसार झाँक्रीलाई राज्यविरूद्धको कसुरअन्तर्गत आजै उनकै निबासबाट प्रहरिले पक्राउ गरेको थियो
नेतृ झाँक्री पक्राउको चौतर्फी विरोध सुरु भएको छ । नागरिक समाज्,पत्रकार पेशाकर्मी लगायतले सामाजिक सञ्जाल मार्फत पक्राउको बिरोध गरेका छन ।
कानुन बिदहरुले पनि गलत कानुन प्रयोग गरेर झाँक्री पक्राउ गरिएको भनिरहेका छन ।
राज्य विरूद्धका कसुर अन्तर्गत संविधानको धारा ५८ अनुसारको पक्राउ पूर्जी जारी गरी गिरफ्तार गरिएको छ। अपराध अनुसन्धान मिनभबनमा छु।
सबै साथिहरूले धैर्य गर्नुहोला।
यो अन्तिम लडाई हो।आफ्नो ठाउँमा डटौं।
— Ram kumari Jhakri (@Jhakri_didi) February 11, 2021










