सहिदका रगतबाट ल्याएको लोकतन्त्र धरापमा पर्‍यो : प्रचण्ड



नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको बताएका छन् ।जनयुद्ध दिवसको अवसरमा पेरिसडाँडामा आयोजित सहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनलेले सहिदहरुको रगतबाट प्राप्त उपलब्धिलाई दक्षिणपन्थी र प्रतिक्रान्तिकारी कित्ताबाट प्रहार गर्ने काम भएको बताएका हुन ।

‘संघीय गणतान्त्रिक लोकतन्त्र नै धरापमा जाने हो कि ? हजारौं शहिदहरुले बलिदान गरेर रगतले लेखेको संविधान नै धरापमा पर्ने हो कि ? भन्ने खतरा पैदा भएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले थप भने ” केपी ओलीहरुले ती हजारौ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतन्त्रलाई किच्न सक्छु भन्ने ठानेका छन् भने उनीहरु साह्रै ठूलो भ्रममा छन् । उनी छिटै भ्रम मुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव दिन्छु । होइन भने कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र यो परिर्वतनलाई रोक्न खोज्नेका विरुद्ध धावा बोल्नेछन् । ”

प्रकाशित मिति : फाल्गुन १, २०७७ शनिबार  ९ : ५७ बजे