नेपाली काँग्रेसले केन्द्रीय कार्यसमितिको म्याद ६ महिना थप गर्दै आगामी भदौ ७ देखि १० सम्म काठमाडौंमा पार्टीको १४ औं महाधिवेशन गर्ने निर्णय गरेको छ ।
बैठक अघिको छलफलमा सहमतिपछी बुधबारको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताब पेश गरिएको थियो ।केन्द्रीय महाधिवेशन भदौ ७, ८, ९ र १० गतेका लागि तय भएको छ भने असार २० गतेबाट तल्लो तहको अधिवेशन सुरु हुने छ ।संविधान अनुसार पनि कांग्रेसले भदौभित्र महाधिवेशन गर्नैपर्ने बाध्याता छ ।
यसअघि फागुन ७–१० गतेसम्म पार्टीको १४ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय भएपनि कोरोना महामारीका कारण रोकिएको थियो भने प्रतीनिधीसभा बिघटन लगायतका पछिल्ला राजनितिक घटनाक्रमपछी काँग्रेसको महाधिबेशन थप अनिश्चित बनेको थियो ।
सभापती देउबासग असहमत नेताहरुले तत्काल महाधिबेशनको मिती तोक्न दबाब दिदै आएका थिए ।








