सर्बोच्चमा आज पनि संवैधानिक इजलासमा एमिकस क्युरीको बहस



एमिकस क्युरीले आज पनि संसद् विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिदै छ । मंगलबारबाट शुरु एमिकस क्युरीको बहस आज पनि हुने भएको हो ।

पहिलो दिन बद्रिबहादुर कार्कीले र बुधबार दोस्रो दिन सतिशकृष्ण खरेल र विजयकान्त मैनालीले बहस गरेका थिए। यी दुबैको राय बाझिएको थियो ।

आज एमिकस क्युरीका बाँकी अधिवक्ताहरुले बहसमा भाग लिने छन् । एमिकस क्युरीको बहस सकिएपछि सर्वोच्च अदालतले संसद विघटनविरुद्ध परेका रिटहरुमाथि आफ्नो फैसला सुनाउने छ । एमिकस क्युरीअघि रिट निवेदकका पक्ष र विपक्षको तर्फबाट बहस सकिइसकेको छ ।

प्रकाशित मिति : फाल्गुन ६, २०७७ बिहिबार  ५ : १६ बजे