पूर्वराजा ज्ञानेन्द्र शाहले मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको बताएका छन् ।फागुन ७ गते प्रजातन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै शाहले जनता र राजाको सहमतिलाई अवज्ञा गरेर विभेदको राजनीति शुरु हुँदाअ मुलुक दिन प्रतिदिन जटिलातामा फस्दै गएको बताएका हुन । ।
“नेपाल, जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिन प्रतिदिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन् ।” शुभकामना सन्देशमा भनिएको छ ।
बिज्ञप्तिमा पूर्वराजाले ले प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि आएर पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहसमा व्यस्त रहनुपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।उनले भनेका छन ” “प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषको नेताहरुको शासन प्रणाली मात्र होइन, यो सामाजिक जीवन पद्धति पनि हो र हरेक नागरिकले प्राप्त गर्ने सन्तुलित खुशीमा मात्र प्रजातन्त्रको प्राण अटूट रहन्छ ।








