नेकपा र ओली सरकारले जनतालाई दुख मात्रै दिए : कांग्रेस नेता सिंह



नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाल कम्युनिष्ट पार्टी र ओली सरकारले जनतालाई दुख मात्रै दिएको बतएका छन । नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यलय नुवाकोटको भवन उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नेकपा र ओली सरकारले जनतालाई दुख मात्रै दिएकोले नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको बताएका हुन ।

‘जनताले संविधान बनाउन मत दिए संविधान बनाउन सकेनन् । अहिले जनताले सरकार चलाउन मत दिए सरकार चलाउनपनि सकेनन् । कम्युनिष्टहरूलाई जनताले अब बिदाई गर्नेछन्’, सिंहले भने ,“नेकपा सत्ता सञ्चालनमा असफल भयो । अब नेकपा र ओली सरकारको जनताले बिदा गर्ने दिन आएको छ । र जनताले बिदा पनि गर्छन् ।”

पटक पटक मौका पाए पनि कम्युनिष्ट सफल हुन नसकेको भन्दै ईतिहासमा कांग्रेसले सधै जनताको कार्य गरेको र अझै पनि कांग्रेस जनताको सेवा गर्न सधै तयार रहेको नेता सिंहको भनाई छ ।

प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार  ११ : ०१ बजे