कांग्रेस महामन्त्री शशांक कोइरालाले निर्बाचनमा पार्टिको तर्फबाट दिइने टिकट वितरणको सम्पूर्ण अधिकार जिल्ला कार्यसमितिलाई दिनु पर्ने बताएका छ्न । नेपाल प्रेस युनियनले पुर्वी नवलपरासीमा आयोजना गरेको सुर्यभक्त पतना देवी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन ।
कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले संघीयता आए पछि राज्यका विभिन्न निकायको विकेन्द्रीकरण भएको र त्यसै गरि अब पार्टीलाई पनि विकेन्द्रीकरण गर्नु पर्ने र टिकट वितरणको सम्पुर्ण अधिकार जिल्ला सभापतिलाई दिनु पर्ने बताएका हुन । पछिल्लो समय जिल्ला सभापतिहरुबाट आफ्नो भुमिका बढाउनु पर्ने माग उठिरहेको बेला कोईरालाको यस्तो भनाई आएको हो ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै कोइरालाले आगामी दिनमा कम्युनिस्टहरु सँग कुनै पनि कुरा सहकार्य नहुने समेत बताए । आन्दोलन, सत्ता बाडफाड या निर्वाचन कुनै पनि मुद्दामा काङ्ग्रेसले कम्युनिस्ट सँग सहकार्य नगर्ने बताउदै कोइरालाले काङ्ग्रेस गुट उपगुटमा नलागेर एक ढिक्का हुने हो भने फेरि पनि काङ्ग्रेस पहिलो पार्टी हुने बताए ।








