शिव पौडेलका हत्यारालाई आममाफी दिनु आपत्तिजनक : तरुण दल



जिल्ला कारागार भरतपुर (चितवन) भित्र नेपाल तरुण दल चितवनका तत्कालिन अध्यक्ष शिव पौडेलको हत्यामा संलग्न गम्भीर अपराध गर्ने अपराधीहरु फणिन्द्र श्रेष्ठ, दिल बहादुर मोक्तान र सुनिल के .सी . लाई प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले बाँकी कैद मिनाह गरी आम माफी दिईएको प्रति नेपाल तरुण दलले आपत्ति जनाएको छ ।

तरुण दलले बिज्ञप्ती जारी गर्दै सरकार र राष्ट्रपति जस्तो संस्थाले अपराधीहरुलाई आम माफी दिनु देशमा हत्या, हिंसा जस्ता दानवीय प्रवृतिको ढाकछोप गर्ने र अवान्छीत कृयाकलापलाई प्रोत्साहित गर्ने कार्य भनेको छ । । दलले सरकारको उक्त निर्णयको विरुद्ध चरणबद्ध रुपमा विरोधका कार्यक्रमहरु गर्न नेपाल तरुण दल चितवन जिल्ला समितिलाई निर्देशन दिएको छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७७ शनिबार  ११ : ०१ बजे