नेकपा विप्लव समूहले सरकारसग वार्ता गर्न तयार रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक विज्ञप्ति जारी गर्दै सरकारले प्रतिबन्ध ‘फुकुवा’ गरे वार्ता गर्न तयार रहेको बताएका हुन ।
विप्लवले विज्ञप्तिमा आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारलागि गरिएको सचेत पहल भएको बताएका छन् । उनले भनेका छन्, ‘यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’









