नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलालाई सर्वोच्च अदालतको आदेशबाट रिहा भए लगत्तै पक्राउ परेकाअ छन ।
सोमबार सर्वोच्च अदालतमा दर्ता भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै नेता बास्तोलालाई रिहा गर्न आदेश दिएको हो ।
बन्दीप्रत्यक्षीकरणको आदेशमा छाड्ने आदेश दिए पनि उनलाई बाहिर निस्कने बित्तिकै प्रहरीले नियन्त्रणमा लिएको हो। उनलाई नियन्त्रणमा लिन खोज्दा केहीबेर घम्साघम्सीसमेत भएको छ।
न्यायाधीशद्वय मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बास्तोलालाई थुनामा राखिरहनु् न्यायिक हिसाबमा उपयुक्त नभएको आदेश दिएको थियो।
सर्वोच्चले वास्तोलालाई थुनामा राख्दा न्यायिक दृष्टिकोणबाट उचित नदेखिने भन्दै बन्दी प्रत्यक्षीकरण रिट जारी गरेको हो ।








