प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद्को बैठक



प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन ।

बैठक मंगलबार बिहान ९ बजे सिंहदरबारस्थित परिषद्को कार्यालयमा बस्दैछ ।

बैठकलाई नियमित भनिएको छ। सुरक्षा परिषदमा प्रधानमन्त्रीसहित रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधानसेनापति सदस्य हुन्छन्।

संसद पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र केही दिनमै फैसला आउने बताइरहेका बेलामा बसेको सुरक्षा परिषद बैठकलाई अर्थपुर्ण ठानिएको छ ।

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  ३ : १६ बजे