सर्वोच्चको फैसलालाई स्वागत गर्छौ :सभापती देउवा



काँग्रेस सभापति शेरबहादुर देउवाले  अदालतको निर्णयलाई काँग्रेसले स्वागत गर्ने बताए ।

सर्वोच्च अदालतको फैसला स्वागत योग्य छ, काँग्रेस यो फैसलाको स्वागत गर्छ,’ देउवाले  भने । उनले अदालतमा विचाराधीन रहेको मुद्दा भएका कारण यसअघि पार्टीले अदालतलाई दबाबमा राख्ने कुनै कार्यक्रम नगरेको जनाउँदै उनले काँग्रेसले आफ्नो निर्णयमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको प्रतिक्रिया दिए ।

सभापती देउबाले सामाजिक सञ्जाइ ट्विटरमा टिप्पणी गरेकाअ छन ” संविधान कार्यन्वयनका क्रममा देखिने विवादहरु समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालतनै हो । सर्वोच्चले संसद विघटन बदर गरेर संवैधानिक दायित्व पुरा गरेको छ । यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजालशका न्यायधीशहरुलाई पनि म धन्यवाद दिन चाहन्छु।”

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  १ : २१ बजे