सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ : कमल थापा



राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय सर्वोच्च अदालतले बदर गरेसगै थापाले ट्वीट गर्दैभनेका छन्, ‘प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्नसकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ।’

तैपनि उनले अब भने निर्वाचनमा जानु पर्ने उल्लेख गर्दै थापाले भनेका छना ” यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो”।

प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार  २ : ११ बजे