नेकपा ओली पक्षले स्थायी कमिटी बैठक बोलाएको छ ।
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गर्दै संसद् ब्युँताइदिएपछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको ओली समूहले स्थायी कमिटी बैठक बोलाएको हो ।
बैठक बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
अदालतले मिति नै तोकेर संसद् बैठक १३ दिनभित्र बोलाउन आदेश जारी गरेपछि अब के गर्ने भन्ने विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बस्न लागेको हो ।








