कांग्रेस नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बुका बिधार्थिहरुलाई झोला वितरण गरेका छन । कार्कीले सोताङ गाउँपालिकाको जनचेतना आधारभुत बिद्यालय ४ का तीन दर्जन विद्यार्थीलाई विद्यालय झोला वितरण गरेका हुन । बिद्यालयमा पहिलो पटक सहयोग प्राप्त भएको भन्दै विद्यार्थीका अभिभाबकहरुले झोला बितरणपछी खु्शी ब्यक्त गरे ।
झोला बितरणका क्रममा बोल्दै नेता कार्किले बिद्यार्थीहरुलाई बिद्यालयतर्फ आर्कषित गराउने उदेश्यले ब्यक्तीगत रुपमा झोला बितरण गरेको बताए । सोलुखुम्बुका बिधालयहरुलाई थप ब्यबस्थित बनाउन जरुरी रहेको औल्याउदै कार्किले बिधालय र बिधार्थिहरुलाई आफुले सहयोग जारी राख्ने प्रतिबद्दता ब्यक्त गरे ।
कार्किले सोलुखुम्बुका बिधालयहरुलाई ल्याप्टप सहयोग,बिधार्थिहरुलाई झोला, छत्रबृत्ती र अन्य सहयोग तथा बिभिन्न बिधालयहरुमा छत्रबृत्ती अक्षयकोष स्थापना गरेर सोलुखुम्बुको शिक्षा क्षेत्रमा निरन्तर सहयोग पुर्याउदै आएका छन ।








