सरकारले नेकपा विप्लव समूहसँग आजै दोश्रो चरणको चरणको वार्ता गरेको छ।
सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् ।
यसअघि बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो।
बार्ता सकारात्मक भएको बताइएको छ ।
दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न
नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गर्नु भएको नेकपाका वार्ता टोलीबीच दोस्रो चरणको वार्ता अहिले सॉझ सम्पन्न भयो । वार्ता बिषय केन्द्रीत भएको,दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ— Rajan Bhattarai (@Rajanktm) March 3, 2021










