कांग्रेस प्रचण्ड-नेपाल समूहसँग मिलेर जान्छ : महामन्त्री डा.कोइराला



नेपाली कांग्रेसका महामन्त्री डा .शशांक कोइरालाले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने भएकाले त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने बताएका छन् ।

बुधबार चितवनमा संचारकर्मीहरुसँग कुरा गर्दै कोइरालाले अविश्वासको प्रस्तावका लागि नेकपा प्रचण्ड–नेपाल समूहसँग मिलेर जानुपर्ने बताए ।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने बताए ।डा कोइरालाले भने, “नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ । त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन ।’

महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब भने मिति नसर्ने बताए ।

प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार  १२ : ४१ बजे