गृहजिल्ला ओखलढुंगामा नेपाली कांग्रेसका नेता तथा समाजसेवी स्व. मित्रसेन दाहालको सामाजिक राजनीतिक योगदानको चर्चा गरिएको छ । दाहालको १३ औ पुण्य तिथिको दिन नेपाली कांग्रेस प्रादेशीक तथा गाउसमितिले शोक सभा आयोजना गरी वाहाको राजनीतिक, सामाजिक जिवन, भोगाइ र योगदानको चर्चा गरिएको हो ।
नेपाली कांग्रेस ओखलढुंगा पार्टी कार्यालयमा प्रदेश तथा नगरपालिका कार्यसमितिले संयुक्त रुपमा शोकसभाको आयोजना गरेको सिद्धिचरण नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विनोद केसीले जानकारी दिनुभयो । प्रादेशीक सभापति दानबहादुर बानीयाको सभापतित्व तथा महासमिति सदस्य एवं नगरसंयोजक डिल्लीराम खनालको प्रमुख आतिथ्यतामा भएको शोकसभामा सबै भातृ तथा सुभेच्छुक संगठनका नेता कार्यकर्ताहरुले दाहाललाई श्रद्धाञ्जली अर्पण गरेका छन् । शोक सभा बक्ताहरुले नेपाली कांग्रेस ओखलढुंगालाई स्व. दाहालले पुर्याएको योगदान अविश्मरणीय रहेको बताए । समाज सेवा र राजनीतिमा वाहाले देखाएको बाटो लाई नेपाली कांग्रेसले फराकीलो बनाउदै लैजानुपर्ने महासमिति सदस्य डिल्लीराम खनालले बताउनुभयो ।
त्यस्तै मोलुंङ गाउकार्य समितिले नेपाली कांग्रेसका पुराना नेता हेम प्रसाद दाहालको प्रमुख आतिथ्यता तथा मोलुङ गाउपालिका सभापति गोपीकृष्ण कार्कीको सभापतित्वमा शोकसभाको आयोजना गरेको बताइएको छ । शोकसभामा गाउपालिका प्रमुख मणीराज राई, उपप्रमुख हेमकुमारी तामाङ, गाउपालिकाका नेपाली कांग्रेसका नेता कार्यकर्ता सहित नेकपाका नेताहरुको समेत स्व. कांग्रेस नेता दाहालको तस्वीरमा माल्र्यापण गरी श्रद्धाञ्जली अर्पण गरे । राजनीतिलाई नितान्त जनसेवासंग जोडेर अघि बढेका स्व. मित्रसेन दाहालबाट नवउदयमान राजनीतिकर्मीहरुले पाठ सिक्नु पर्ने बक्ताहरुको भनाइ छ ।
जिल्लाका सबै गाउपालिका कार्यसमितिले गरेको शोक सभामा स्व. मित्रसेन दाहालको सामाजिक राजनीतिक योगदानका बारेमा चर्चा गरिएको थियो । नेपाली कांग्रेसका नेता तथा समाजसेवी दाहालको गत ७ गते हृदयघातका कारण मृत्यू भएको थियो । वाहाको मृत्यूले नेपाली कांग्रेस ओखलढुंगा लाई अपुरणीय क्षेति पुगेको नेपाली कांग्रेस ओखलढु.गाले जनाएको छ ।








