नेकपा संसदीय दल औपचारिक रुपमा विभाजन,प्रचण्ड दोस्रो पटक दलको नेता चयन,



नेकपा प्रचण्ड–नेपाल समूहको संसदीय दलको नेतामा पुन : पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बहुमत सांसदको बैठकले प्रचण्डलाई दलको नेतामा सर्वसम्मत चयन गरेको नेताहरुले जानकारी दिएका छन ।

खनालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले दाहाललाई संसदीय दलको नेता चयन गरेको हो ।

यससगै प्रतिनिधि सभाको आइतबार बस्ने बैठकमा दाहाल संसदीय दलको नेताको हैसियतमा बैठकमा सहभागी हुने भएका छन् ।

नेकपा प्रचण्ड–नेपाल समूहले प्रचण्डलाई यसअघि पुस ८ गते पनि दलको नेता चयन गरेको थियो ।

प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार  १० : १७ बजे