माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मंगलबार पार्टी स्थायी समितिको बैठकसमेत बोलाएका छन्।
सर्बोच्चको फैसलापछी उनले आफ्नो पूर्वपार्टी सक्रिय बनाएका हुन्।
अहिले पार्टी मुख्यालय पेरिसडाँडामा स्थायी कमिटी बैठक सुरु भएको एक स्थायी समिति सदस्यले जानकारी दिएका छन्।
उनका अनुसार बैठकमा परिवर्तित राजनीतिक अवस्थाबारे छलफल हुनेछ।








