कर्णाली प्रदेश सरकारप्रतिको समर्थन कायम छ : योगेश भट्टराई



एमाले नेता  योगेश भट्टराईले कर्णाली प्रदेश सरकारप्रतिको समर्थन कायम रहेको बताएका छन् ।

ललितपुरमा बुधबारदेखि सुरु माधब नेपाल पक्षकोको राष्ट्रिय कार्यकर्ता भेलापछी आयोजित पत्रकार सम्मेलनमा भट्टराईले अहिलेसम्म समर्थन फिर्ता नभएको प्रस्ट पारेका हुन् ।

यसअघी एमाले कर्णाली प्रदेशसभा संसदीय दलको बैठकले चैत ५ गतेदेखि लागू हुने गरी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

आज बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यमलाल कँडेलले जानकारी दिएका थिए ।

 

प्रकाशित मिति : चैत्र ४, २०७७ बुधबार  १२ : ४० बजे