नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानको रक्षा गर्न सबै एकजुट हुनुपर्ने बेला आएको स्पष्ट पारेका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित ५६औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
उनले आदिवासी, जनजाति, दलितहरुको अधिकार दमन गर्नेहरुको सक्रियता बढेको टिप्पणी गरेका छन् । अध्यक्ष दाहालले युद्धको बेलामा सबैभन्दा बढि सम्मानित नै दलितहरु रहेको स्मरण गराए । उनले माओवादी आन्दोलनले स्थापित गरेको संविधानलाई हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालले मास्न खोजेको टिप्पणी गरे ।
कार्यक्रममा प्रचण्ड’ले आफुँ अन्यायविरुद्ध बाँचुन्जेल विद्रोह गरिरहने बताए ।उनले भने ‘३६ वर्षको उमेरमा महासचिव बनेको थिएँ, जनयुद्ध गर्दा ४२ वर्षको थिएँ, ५२ वर्षमा शान्ति सम्झौता गरें । अहिले अर्को लडाईं लड्नुपर्ने भएको छ, म बाँचुञ्जेल लड्छु’ प्रचण्डले भने, ‘अन्यायविरुद्ध विद्रोह गर्नुपर्छ भन्ने सिद्धान्तमा विश्वास गर्ने भएकाले म अन्तिम समयसम्म भिडिरहन्छु । जनजाति, दलित लगायत पिछडिएका समुदायको अधिकार खोस्ने षड्यन्त्र ठूलो छ, त्यसको केन्द्रित अभिव्यक्ति संविधान कार्यान्वयन गर्न नदिने हो । जनताको अधिकार खोस्ने निर्णयविरुद्ध म त बाँचुञ्जेल लड्ने नै भएँ ।’
उनले प्रधानमन्त्री केपी शर्मा ओली विदेशीको अगाडि सजिलै राम्रै लम्पसार पर्नसक्ने नेता भएको टिप्पणी गरे । उनले भने,‘२०औं, २५औं वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित, पोषित पनि को हो रु भनेर हेर्दा जाँदा सबैले ९विचार गर्नुहोला० केपी ओली नै देखियो भन्या छन्, र अहिले केपीलाई प्रतिनिधिको रुपमा, त्यो धारको, प्रतिगामी, प्रतिक्रान्तिकारी, गणतन्त्रविरोधी, समावेशीविरोधी, सारमा लोकतान्त्रिक गणतन्त्रलाई नास गर्नसक्ने पात्रको रुपमा उनीहरुले केपीलाई लिएका छन् । कति दिन लिन्छन् मलाई थाहा छैन् रु अहिले चाहीँ लिएकै छन् । र, अर्को धारको प्रतिनिधित्व को हुन भयो त भन्दा हामी, माओवादी विद्रोह गरेको, सबैको अधिकारको लागि लडाई लड्ने, अब सबै नेपाली जनताले फैसला गर्नुपर्ने बेला आएको छ । तपाई कुन पक्षतिर उभिने भनेर सबैले जवाफ दिनुपर्नेछ ।’








