जसपा नेताहरु बालुवाटारमा : सत्ता समीकरणका लागि छलफल



जनता समाजवादी पार्टी (जसापा) का नेताहरू प्रधानमन्त्री निबास बालुवाटार पुगेका छन् ।

सत्ता समीकरणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण बालुवाटार पुगेका हुन् ।

सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले संवाद बढाएपछि बाबुराम भट्टराई, उपेन्द्र यादवलगायतका नेताहरू भने असन्तुष्ट बनेका छन् ।

प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार  ७ : १५ बजे