नेकपा खारेज गर्ने फैसलाविरुद्ध माओबादी केन्द्र पुनरावलोकनमा जाने



नेकपा माओवादी केन्द्रले सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि निवेदन दिने तयारी थालेको छ । नेकपाको एकता खारेजीसंगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसलामाथी पुनरवलोकन निवेदन दिनेबारे आज (मंगलबार) नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक बसेको थियो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले कानुन व्यवसायीहरुसँग समेत छलफल गरेका थिए। बैठकमा पुनरवलोकनमा कहिले जाने र केके विषय उठाएर जाने भन्ने विषयमा छलफल भएपनि कहिले जाने भन्नेबारे भने पार्टीले निर्णय गर्ने बताईएको छ ।

सर्वोच्चले फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भन्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

प्रकाशित मिति : चैत्र १०, २०७७ मंगलबार  ७ : २७ बजे