देशले कांग्रेसको नेतृत्व खोजिरहेको छ :नेता बस्नेत



नेपाली कांग्रेस सोलुखुम्बुका नेता रामबहादुर बस्नेतले अहिले देशले कांग्रेसको नेतृत्व खोजिरहेको बताएका छन ।

नेपाली कांग्रेस लिखुपिके गाउँपालिका कार्य समितिद्वारा आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले यस्तो बताएका हुन । लोकतन्त्रमा विधिको शासन र जनमतको उच्च कदर गर्नु अत्यावश्यक रहेको बताउंदै उनले यसैको अभावमा अहिले मुलुक संकटको दलदलमा फसेको दावी समेत गरे ।

नेता बस्नेतले कम्युनिस्टहरुको अधिनायकवादी सोच र कार्यशैलीको अन्त्यका जनचेतना फैलाउन जरुरी रहेकोमा जोड दिदै आफुलाई परिवर्तन नगर्ने, सोच फराकिलो र खुला नबाउने तथा प्रतिशोधपूर्ण भावना राखेर अगाडि बढ्ने हो भने सहि गन्तव्यमा पुग्न नसकिने धारणा राखे।

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  १० : ५८ बजे