एमाले माधवकुमार नेपाल समुहले आज स्थायी कमिटी सदस्यहरुको बैठक बोलाएको छ । बैठक ११ बस्दै छ ।
आजको बैठकमा एमाले भित्रको पछिल्लो शक्ती सङ्घर्ष र आगामी रणनिती बारे छलफल हुने छ ।
प्रधानमन्त्री ओलिले आफ्नो समुहका नेतालाई धमाधम कारबाही गरेपछी नेपाल समुह कारबाहिको राजनितिक प्रतिबादमा उत्रेको छ ।
नेपाल पक्ष देशव्यापी समानान्तर संरचनामा जाने तयारीमा छ।
यो समूहले अखिल नेपाल महिला संघ (अनेमसंघ), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, युवा संघ नेपाललगायतमा समानान्तर कमिटी बनाइ सकेको छ।
तेस्तै नेपाल समुहले प्रदेश ४ मा समानान्तर संरचना बनाइ सकेको छ भने आगामी केहि दिन भित्रै देशै भरी सबै जिल्लामा समानान्तर संरचनामा बनाउने तयारी गरिरहेको छ ।








