नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजिनामा दिन भनेका छन ।
राजीनामा नदिए प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव लैजाने उनले बताए ।कांग्रेस नुवाकोटले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै वरिष्ठ नेता पौडेलले भने अपोजिसनमा रहेका र हिजो प्रतिगमनविरुद्ध संघर्ष गरेका दलहरुसँग वार्ता गर्छौं र सहमति गरेर प्रधानमन्त्रीलाई हटाउने प्रस्ताव हामी पेस गर्छौं ।’
पौडेलले व्यवस्था बचाउनका लागि कांग्रेसले सरकार परिवर्तन गर्न चाहेको बताए । कांग्रेसले सत्ताभन्दा व्यवस्थालाई कांग्रेसले बढी महत्व दिएको वरिष्ठ नेता पौडेलको भनाइ थियो ।यो सरकार रहुन्जेल ब्यबस्थामाथी खतरा कायम रहने देखिएकाले कांग्रेस सरकार परिवर्तनको पक्षमा उभिएको उनले दाबी गरे ।








