माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार कपिलवस्तुमा आयोजित जिल्लास्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले भने “नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेसँगै देशको राजनीतिले कोल्टे फेरेको छ्, ‘सम्भवत छिट्टै नयाँ सरकार बन्नेछ, नयाँ परिस्थिति बन्नेछ ।’
प्रचण्डले नयाँ सरकार गठनका लागि आजैबाट दलहरुसँग छलफल गर्ने बताए ।
अध्यक्ष प्रचण्डले नेपालको संविधानमा मधेशी, दलित, महिला र जनजातिको अधिकारको विषय पूर्ण नभएको बताउदै भने ‘संविधान पूर्ण छैन, मधेशी, दलित, महिला, जनजातीको अधिकारको विषय जति उल्लेख गरिनुपर्थ्यो, त्यति गरिएको छैन’ ।








