कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन्।आइतबार विहान ठाकुर निवास सानोठिमीमा दुइ नेताबिच भेटघाट भएको हो ।
छलफलमा पौडेलले नयाँ सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष ठाकुर बसेर कुरा गर्न सुझाव दिएको पौडेल निकट स्रोतले जनाएको छ।
पौडेलले शेरबहादुर देउवा बाहेक अर्को व्यक्तिलाई पनि नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने सम्भावना रहेको बताएका थिए ।
ठाकुरले वर्तमान सरकारको विकल्प किन खोज्ने भन्ने विषयमा पुष्टि हुनुपर्ने भन्दै आफूहरुको माग सम्वोधन गर्ने सरकारसँग सहकार्य हुने बताएका थिए।
नयाँ सरकार निर्माणमा जसपासँग दुबै पक्षले कुराकानी र छलफल गरिरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विगत केही समय देखि जसपासँग निरन्तर छलफल र संवाद गरिरहेका छन् ।








