माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतालाई सचेत हुन आग्रह गरेका छन।
रुकुमको सल्लेबजारमा बुधबार आयोजित कार्यकर्ता भेटघाटमा प्रचण्डले मुलुकमा भइरहेका विभिन्न षड्यन्त्रविरुद्ध जनता जाग्नुपर्ने बताएका हुन।
‘विदेशी शक्तिको अगाडि आत्मसमर्पण गरेर देशलाई घात गर्नेहरु पनि देखिएका छन्,’ प्रचण्डले ओलीप्रति संकेत गर्दै भने,‘ गोर्वाचोभले कम्युनिस्ट पार्टी नै सक्याइदिए ।’ उनले जनता प्रतिगमनविरुद्ध जुनुपर्ने बेला आएको बताए ।
प्रधानमन्त्री ओलीलाई प्रचण्डले रुसका अन्तिम कम्युनिस्ट प्रधानमन्त्री मिखायल गोर्वाचोभसँग तुलना गरे । उनले गोर्वाचोभपथमा ओली चलिरहेको टिप्पणी समेत गरे ।
मुलुकमा राजनीतिक स्थायित्वसँगै विकास र समृद्धिमा केन्द्रित हुन सकियोस् भनेर आफ्नै प्रस्तावमा कम्युनिस्ट पार्टी एकता गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सहमति, संविधान सबैलाई कुल्चिएको उनले आरोप् लगाए। ।








