नेपाली कांग्रेसको पदाधिकारि बैठक आज बस्ने भएको छ।
सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीहरूको बैठक बोलाएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारि दिए।।
आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पदाधिकारी बैठक बस्दैछ।
बैठकमा पार्टिको १४ औं महाधिवेशनलगायत विषयमा र कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउने बारेमा पनि छलफल हुने बताइएको छ्।
र सभापति देउवाले गत शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा भेटघाट् गरेर माओवादी केन्द्र र जसपाका शीर्ष नेतासँग कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने र समर्थन गर्न आग्रह गरेका थिए।








