गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध आजै अविश्वासको प्रस्ताव दर्ता हुने भएको बुझिएको छ।राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सिधा सिधै अल्पमतमा परेको छ।जनमोर्चाले समर्थन फिर्ता लिइसकेको अवस्थामा गण्डकी प्रदेशको अवस्था कमजोर भएको मात्रै होइन सरकार ढल्ने अवस्थामा छ ।
६० सांसद भएको गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङको पक्षमा एमालेका २७ सांसद छन्।गण्डकी प्रदेशसभामा नेकपाका ४० (पूर्व एमाले २८ र पूर्व माओवादी १२) सदस्य थिए । ३ सांसद भएको जनमोर्चाले समर्थन फिर्ता लिने निर्णय गरेपछि गुरुङको पक्षमा २८ सांसद मात्रै बाकि रहन्छन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग १५, माओवादी केन्द्रको १२ सदस्य छन्। यसैगरी जसपासँग दुई ससदस्य छन्। तीन सदस्य भएको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै वैकल्पिक सरकार गठनका लागि ३२ सांसद हुन्छ जुन प्रष्ट बहुमत हो।
कांग्रेसले मुख्यमन्त्रीको रुपमा संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई अगाडि सारेको छ। गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री विरुद्ध आजै ३१ जना संसदको हस्ताक्षर संकलन गरेर अविश्वासको प्रस्ताव गर्दा गराउँने तायारि भ इ रहेको बुझिएको छ।








