प्रधानमन्त्री ओलिले आर्थीक अराजकता निम्त्याए : महामन्त्री कोइराला



कांग्रेस महामन्त्री डा .शशांक कोईरालाले देशमा कम्युनिष्टहरु सबै हिसाबले असफल भएको बताएका छन । नेपाली कांग्रेस उदयपूर क्षेत्र नं २ ले कटारीमा आयोजना गरेको बृहत आमसभा तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोईरालाले यस्तो बताएका हुन ।

जनताले बहुमत दिदा पनि कम्युनिष्टहरुले सदुपयोग गर्न नसकेको आरोप लगाउदै कोइरालाले कम्युनिष्टहरुका कारण देशको राजनितीनै बिकृत भएको बताए ।बर्तमान सरकार र सरकारका प्रधानमन्त्री आफै भ्रष्टाचारिलाई जोगाउन लागेको भन्दै कोइरालाले राज्यकोषबाट कार्यकर्ता र आफन्तको पालनपोषण गरेर सरकारले सुसाशनको धज्जी उडाएको आरोप लगाए ।

प्रधानमन्त्रीले आफ्नो पद जोगाउन र आफ्नो गुटको संगठन गर्न राज्यको साधन श्रोत र जनशाक्ती खर्च गरेर चरम आर्थीक अराजकता निम्त्याएको डा .कोइरालाको भनाइ थियो ।सरकार राजनितिक रुपमा मात्रै नभएर नैतिक, आर्थीक सामाजिक र सांस्कृतिक रुपमा समेत असफल भइसकेकोले कांग्रेसले सरकारको बिकल्प खोजेको कोइरालाले स्पस्ट पारे ।

कोइरालाले कांग्रेस पार्टि बिधि प्रक्रियाबाट सञ्चालन हुन नसकेकोले सरकार असफल हुँदा पनि कांग्रेसप्रती पनि जनताको आकर्षण बढ्नन नसकेको बताउदै आगामी महाधिबेशनमा सक्षम र इमान्दार नेतृत्व छान्न नेता कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रममा पूर्ब मन्त्री तथा केन्द्रीय सदस्यहरू दिपक गिरी ,डीना उपाध्याय,राम कृस्न यादब, केन्द्रीय सदस्य धनराज गुरुङ ,लक्ष्मी परियार पार्टी उदयपुर पार्टी सभापति बिदूर बस्नेत , संविधानसभा सदस्य रामहरी खतिवडा प्रदेश सदस्य हिमाल कार्की लगायत नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।कार्यक्रम कांग्रेस उदयपूर क्षेत्र नं २ का सभापति रामकुमार कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

प्रकाशित मिति : बैशाख ४, २०७८ शनिबार  ८ : ४२ बजे