पदमुक्त भएका बादलले आजै गृहमन्त्रीको शपथ लिँदै



सांसद र मन्त्री दुबै पदबाट पदमुक्त भएका रामबहादुर थापा बादलाले आजै गृहमन्त्रीको रुपमा पद तथा गोपनीयताको शपथ लिने भएका छन् ।

आज राष्ट्रिय सभा सचिवालयले उनकोक राष्ट्रिय सभा सदस्य पद खारेज गरेसगै उनि दुबै पदबाट पदमुक्त भएका थिए ।

आजै साँझ राष्ट्रपति भवन शीतल निवासमा उनको शपथको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

सांसद नरहे पनि मन्त्री हुन पाइने संविधानको व्यवस्थाअनुसार बादललाई प्रधानमन्त्रीले पुनः मन्त्री नियुक्त गर्न लागेका हुन ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार  ५ : ४७ बजे