पूर्वराजा भारत भ्रमण सकेर स्वदेश फर्किए



पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो १० दिन लामो भारत भ्रमण सकेर आज स्वदेश फर्किनुभएको छ ।उहाँलाई विभिन्न राजावादी संघ–संगठनहरुद्वारा भव्य स्वागत गरिएको छ ।‘नेपाल नरेश’ तथा ‘हिन्दू सम्राट’ का रुपमा कुम्भमेलामा आमन्त्रित उहाँ चैत २६ गते हरिद्वारा जानुभएको थियो ।

पूर्व राजा ज्ञानेन्द्रलाई हरिद्वारमा आयोजित महाकुम्भ मेलामा हिन्दू सम्राटको उपाधिसहित अभिनन्दन र अभिषेक गरिएको थियो । रथ यात्रा, हेलिकप्टरबाट पुष्पवृष्टिसहित स्वागत गरिनुभएका शाहले कार्यक्रममा धार्मिक सम्बोधन गर्दै हिन्दूहरुको एकतामा जोड दिनुभएको थियो ।पूर्वराजालाई नागरिक अभिनन्दनसहित बिमानस्थलबाट स्कर्टिङ गरी निर्मल निवाससम्म पुर्याइँदै छ ।

विमानस्थलबाट बाहिरिने क्रममा पूर्वराजालाई पञ्चकन्याले सयपत्री फूलको माला लगाइएको थियो । । विमानस्थलभित्र पञ्चेवाजासमेत घन्काइएको थियो । शाहका समर्थकहरुले ‘राजा आउ देश बचाउ’ को नारा लगाइएको थियो । ।

प्रकाशित मिति : बैशाख ५, २०७८ आइतबार  १२ : ३१ बजे