माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै, भाबी सरकारको बारेमा छलफल



माओवादी केन्द्रको स्थायी कमिटीको बैठक (आज) सोमबार बस्दैछ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटीको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रिय कार्यलय पेरिस्डाडामा बस्ने बैअठकमा ओलि सरकारलाई दिइएको समर्थन फिर्ता लिने बारेमा छलफल हुने बताइएको छ ।

आजको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भाबना रहेको पनि बुझिएको छ ।

समर्थन फिर्ता, सरकारबिरुद्द अबिश्वासको प्रस्ताब र भाबी सरकारको बारेमा बैठकमा छलफला हुने बताइएको छ ।

 

प्रकाशित मिति : बैशाख ६, २०७८ सोमबार  ३ : ३४ बजे