नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बर्तमान सरकारले हटाथमा संसद स्थगित गरेर संसदको मानमर्दन गरेको भन्दै कार्यरता प्रदसन गरेको बताउनु भएको छ । संसद फेस गरन नसकेर पटक पटक संसद माथि प्रहार गरेको प्रति कडा आपति ब्यकत गर्नु भएको अलोकतान्त्रिक कदम उठाउने सरकार ले फेरिपनि संसदीय ब्यवसथा माथि अर्को प्रहार गरेको उहाको भनाई रहेकोछ एक पछि अर्को अलोकतान्त्रिक चरित्र सरकारले देखाउदै आयको प्रति कडा आपत्ति ब्यक्त गर्नु भएको छ । ।
नेता सिहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रता माथी अङ्कुश लगाउने प्रयास समेत जारि राखेको गबताउनु भएको ।नेपाल प्रेस युनियन काठमाडौ शाखाले सोमबार काठमाडौंमा आयोजन गरेको नवनिर्वाचित पत्रकार महासंघका पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै नेता सिंहले ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथी अङ्कुश लगाउने प्रयास गरिरहेको र हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नु पर्ने बताउनु भएको हो ।
नवनिर्बाचित पदाधिकारीलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै नेता सिंहले भन्नु भयो ‘आली सरकारले प्रेस स्वतन्त्रता माथी अङ्कुश लगाउने प्रयास गरिरहेको छ । सबै मिलेर प्रतिवाद गर्नुपर्छ ।’साथै उहाँले पत्रकारहरुले बास्तबिक, निष्पक्ष ढङ्गले कलम चलाई देश र जनाताको पक्षमा काम गर्नु पर्ने भन्दै सधै कसैको डर धम्कीसँग नडराई निष्पक्ष ढङ्गले पत्रकारिता गर्न आग्रह गर्नु भयो । समाज परिवर्तन र समाजमा रहेका बिकृति, बिसङ्गतिहरु हटाउनको लागी पत्रकारको भुमिका महत्वपुर्ण हुने उहाँको भनाई छ ।
फरक प्रसङ्गमा नेता सिंहले कोरोना नियन्त्रणमा सरकार उदसिन भएको बताउनु भयो । ‘ ओली सरकारले राजनैतिक, र नैतिकदृष्टिकोण बाट सरकारमा रहिरहेन बैधानिकता गुमाई सकेको छ । यो सरकार देश र जनताको पक्षमा काम गर्न सकेन ।’उहाँले भन्नु भयो ‘यो सरकारले बिकास निमार्णका कार्य केहि नगर्ने तर जनतामा बिकास भएको भ्रम सिर्जना गरिरहेकोे छ । बिकास भन्दा पनि सरकार भ्रमको खेती सिर्जना गर्न लागी परेको छ ।’साथै नेता सिंहले अब देशलाई निकास दिलाउन नेपाली काग्रेसको नेतृत्वमा सरकार भन्नु पर्ने बताउनु भयो ।‘संबिधान मिच्न अनि सरकारमा बसिरहने यो सरकारसँग नैतिकता अलिकति पनि छैन । नैतिकता गुमाएका व्यक्तिलाई प्रधानमन्त्री मानिरहन सकिन ।
नेपाल प्रेयुनिया काठमाडौ शाखाले भरखरै निरवाचित नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा आयोजना गरिएको कार्यक्रममा नेता सिहले निर्बाचित सबैलाई बधाई दिदै सम्मान गर्नु भयको थियो कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष बिपुल पोखरेलले सरकारका प्रेस बिरोधि कदम बिरुद कडा रुपमा प्रस्तुत हुने बताउनु भएको छ । कार्यक्रममा पुर्ब अर्थ राज्यमन्त्री उदय समशेर राणा काठमाडौ महानगरपालिकाका उप मेयर हरिप्रभा खड्कि लगायतले आफ्नो धारणा राखनु भएको काठमाडौ प्रेस युनियनका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिनु भएको छ ।








