नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको आज बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
कर्णाली प्रदेशमा फ्लोर क्रस गराउन नेतृत्व गरेको भन्दै उनिहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ ।
तेसैगरी फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ ।
उनीहरुबाट चित्त बुझ्दो जवाफ नआए वैशाख १० गते बस्ने केन्द्रीय कमिटी बैठकले कारवाही गर्ने बताइएको छ ।
नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक सोमबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको थियो ।








